बैतडीमा बिहानै बस पल्टियो, पाँचजना घाइते

 असोज ३०, २०७५ मंगलबार ८:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडीको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा बस पल्टिँदा ५ जना घाइते भएका छन् ।

अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना ५ ख ८११७ नं को बस मंगलबार विहान ५ बजे बांगाबगरमा सडकमा पल्टेको हो । 

बस पल्टिँदा बैतडीको सिगास गाउँपालिका ९ का ३ बर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ बर्षिय गिता ठगुन्ना, १४ बर्षिय सुनिता ठगुन्ना, ६ बर्षिय युवराज जोशी र २७ बर्षिय धर्मानन्द जोशी घाइते भएका हुन् ।  

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया