उत्तर कोरियाली बन्दीलाई आम माफी दिन माग

 जेठ २५, २०७५ शुक्रबार ७:१७:५७ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्रसंघका उच्च मानव अधिकारकर्मीहरूले ऐतिहासिक शिखर वार्तापूर्व उत्तर कोरियामा एकतर्फी रूपमा बन्दी बनाई राखिएकाहरूलाई ‘आम माफी’ दिने प्रक्रिया थाल्न विहीबार प्योङयाङलाई भनेका छन् ।

उत्तर कोरियाले आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा हुने शिखर वार्तापहिले नै थुनामुक्त गर्ने आवश्यक प्रक्रियालाई अघि बढाउन उत्तर कोरियाका लागि राष्ट्रसंघका विशेष प्रतिनिधि टमस ओजेआ क्विन्टानाले आग्रह गरेका हुन् ।

जेनेभामा सञ्चारकर्मीसँग बोल्दै उनले भने ‘उत्तर कोरियामा अहिले विधिको शासन छैन अर्थात् उपयुक्त कानुनी प्रक्रिया छैन । कैदीहरूको रिहाई एउटा प्रक्रियाबाट गर्नुपर्छ ।’

उत्तर कोरियामा झण्डै एक लाख २० हजार राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएको भन्ने अनुमान छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोगले सन् २०१४ मा सार्वजनिक गरेको प्रतिवेदनमा उत्तर कोरियामा विश्वका अन्य कुनै मुलुकका घटनाहरूसँग तुलना गर्न नसकिने हदसम्म मानव अधिकार उल्लङ्घनका घटना हुने गरेका निष्कर्ष निकालेको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया