कोष्टारिकासँग इंग्ल्याण्डको जित

 जेठ २५, २०७५ शुक्रबार ७:२८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी भएको छ । 
 
विहीबार राति इंग्ल्याण्डले घरेलु मैदानमा कोष्टारिकालाई २¬–० ले पराजित गरेको हो । पहिलो हाफको १३ औं मिनेटमै म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्को रासफोर्डका गोलले इंग्ल्याण्डले अग्रता लिएको हो । पूरै खेलअवधि भर उनको प्रदर्शन शानदार रह्यो ।
 
त्यस्तै, सब्सिच्युड डेनी वेलबेकले खेलको ७६औं मिनेटमा गरेको हेडगोल पछि कोष्टारिका २¬–० ले निराश बन्यो । इंग्ल्याण्ड विश्वकपमा बेज्लियम, पानामा र ट्युनिसियासँगै समूह जी मा रहेको छ ।
 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया