अल्जेरियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोको गोलले मान्यता पाएन

 जेठ २५, २०७५ शुक्रबार ७:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप तयारीको अन्तिम खेलमा पोर्चुगलले अल्जेरियालाई पराजित गरेको छ । 

बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले आफ्नै मैदानमा अल्जेरियालाई ३ –० गाल अन्तरले हरायो । पीएसजीबाट लोनमा भ्यालेन्सियाका लागि खेलिरहेका मिडफिल्डर गोल्कानो गुडेसले २ गोल गरे ।
 
क्रिष्टियानो रोनाल्डोले गरेको गोल अफसाइड करार भएपछि बनाण्डो सिल्भाको क्रसमा गुडेसले पहिलो गोल गरेका थिए । अर्का मिडफिल्डर बुर्नो फर्नाण्डेजले पनि रोनाल्डोको क्रसलाई सदुपयोग गरी हेडमार्फत दोस्रो गोल गरे ।

राफायल गुरेरियोको पासमा २१ वर्षीय विंगर गुडेसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

पोर्चुगलले जुन १५ मा स्पेनविरुद्धको खेलसँगै विश्वकपको यात्रा सुरु गर्नेछ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया