इथियाेपियाकाे मन्त्रिपरिषदमा अाधा मन्त्री महिला

 असोज ३१, २०७५ बुधबार ९:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

इथियोपियाका प्रधानमन्त्री आबी अहमदले आफ्नो मन्त्री परिषदमा आधा पद महिलालाई दिनुभएको छ ।

संसद्मा बोल्दै उहाँले महिला कम भ्रष्ट हुने र देशमा शान्ति तथान स्थिरता ल्याउन मद्दत हुने भन्दै महिलालाई मन्त्री बनाएको बताउनुभएको हो ।

आबी अहमदले मन्त्रीको संख्या २८बाट घटाएर २० बनाउनुभएको छ ।

देशको महत्वपूर्ण मानिने रक्षा, शान्ति, उद्योग, महिला बालबालिका तथा युवा, यातायात लगायतका मन्त्रीको पद महिला नेतालाई दिइएको बिबिसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया