यस्ताे पाे त मन ! दसैं खर्च कटाएर दृष्टिविहीन परिवारलाई सहयाेग

 कात्तिक १, २०७५ बिहिबार ८:३५:१९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा गएकाे ८ वर्षदेखि अरुको शरणमा बसिरहेका रुकुमका एक दृष्टिविहीन परिवारलाई उद्याेगी व्यवसायीहरुले खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।

रुकुम सानोभेरि गाउँपालिका ३ की रुपा गन्धर्वका परिवारलाई तुलसीपुरका उद्याेगी व्यवसायीहरुले दसैं खर्च कटाएर घरमै पुगी  बीस हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेका हुन् । गन्धर्व परिवारलाई चामल, चिउरा, तेल, नुन, पिठो र मासु सहितका सामग्री सहयोग गरिएको छ ।

रुपाका श्रीमानले अर्की श्रीमती ल्याएर उनलाई ४ जना दृष्टिविहीन छोराछाेरीसहित घरबाट निकालिदिएपछि उनी तीन छोरी र एक छोरा सहित तुलसीपुर-४, रक्षाचौरमा भाडाकाे काेठामा कष्टकर जीवन बिताउँदै आएकी छिन् ।

लायन्स क्लब दाङ, भाग्यलक्ष्मी क्रसर, गौतम पोल्ट्री फर्म लगायतको सहकार्यमा सहयोग  प्रदान गरिएको रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले  जानकारी दिनुभयोे ।

अन्तिम अपडेट: चैत २३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया