हेल्मेट नलगार्इ चलाएकाे मोटरसाइकल पुलमा ठोक्किँदा एक युवकको ज्यान गयो

 कात्तिक १, २०७५ बिहिबार १५:१२:२० | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीमा मोटरसाइकल पुलमा ठोक्किँदा एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा महोत्तरीको रामगोपालपुर नगरपालिका-९, का १८ वर्षीय गोविन्द साह रहेको प्रहरीले जनाएको छ ।

साह विहीबार दिउँसो विनाहेल्मेट ज ५ प २४१८ नम्बरको मोटरसाइकल अत्यधिक गतिमा चलाउँदा रामगोपालपुर ५ मा रहेकाे जंघा पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चाेट लागेर घाइते भएका साहलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरका सई अशोक झाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया