अष्ट्रेलियासँगको दोश्रो टेष्ट: जितका लागि पाकिस्तानले दियाे ५३८ रनकाे लक्ष्य

 कात्तिक १, २०७५ बिहिबार २०:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

दोश्रो टेष्टको दाेस्राे पारीमा पाकिस्तानले अष्ट्रेलियालार्इ ५३८ रनकाे लक्ष्य दिएकाे छ ।

दाेस्राे पारिमा ९ विकेट गुमाउँदै ४०० रन जाेडेर पारी समाप्तिकाे घाेषणा गरेपछि अष्ट्रेलियाले ५३८काे लक्ष्य पाएकाे हाे ।

५३८ रनकाे लक्ष्य भेट्न जवाफी ब्याटिङ सुरु गरेकाे अष्ट्रेलियाले  तेस्राे दिनकाे खेल सकिनुअघि जम्मा १२ अाेभर खेल्दै १ विकेट गुमाउँदै ४७ रन जाेडेपछि उसले पाकिस्तानस‌ँगकाे दूरी घटाएर ४९१ मा झारेकाे छ । अाज टेस्टकाे तेस्राे दिन भएकाले जितका लागि अष्ट्रेलियाले २ दिनमा ४९१ रन बनाउनु पर्नेछ भने यसका लागि उसंग ९ विकेट मात्र बाँकी छ । 

त्यसैगरी पाकिस्तानलार्इ जितका लागि २ दिनमा जम्मा ९ विकेट लिए पुग्छ । निर्धारित पाँचाैं दिनसम्म बलिङ र ब्याटिङ दुवै टाेलीले अाफ्ना लक्ष्य भेट्न नसके खेल बराबरीमा टुंगिनेछ ।

दाेस्राे पारिमा पाकिस्तानका बाबर अाजमले ९९ र सरफराज अहमदले ८१ रनकाे याेगदान दिए । बलिङतर्फ नेथन लायनले ४ र एम लबुसेमले २ विकेट लिए ।

यसअघि, पाकिस्तानलाई २ सय ८२ रनमा अलआउट गर्दै पहिलो पालीको ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो पारीमा १ सय ४५ रन मात्र बनाउन सकेपछि १ सय ३७ रनले पछि परेको थियाे । 

पहिलाे पारिमा यसका लागि अष्ट्रेलियका आरोन फिन्चले ३९ र मिचेल स्टार्कले ३४ रन बनाए । पाकिस्तानका मोहम्मद अब्बासले ५ र बिलाल आशिफले ३ विकेट लिए । पाकिस्तानले दोश्रो पारीकाे ब्याटिङ शुरु गरेको छ । पहिलाे दाेस्राे दिनकाे खेल सकिनुअघि पाकिस्तानले दोस्राे पारीकाे४४ अाेभर खेल्दै २ विकेटकाे क्षतिमा १४४ रन बनाएकाे छ । 

यसरी हेर्दा  दाेस्राे दिनकाे खेल सकिएपछि पाकिस्तानले अष्ट्रेलिया२८१ रनले पछाडि छाेडेकाे छ ।

यसैबीच,  इंग्ल्याण्ड र श्रीलंकाको तेश्रो एकदिवसीय क्रिकेट वर्षाका कारण शुरु हुन सकेको छैन । ५ एकदिवसीय क्रिकेटको श्रृंखलामा इंग्ल्याण्ड १ शून्यले अघि छ । यी दुई देशबीच एक ट्वेण्टी-ट्वेण्टी र तीनवटा टेष्ट क्रिकेट पनि हुनेछन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया