बलात्कारको आरोपमा पाल्पामा एक जना पक्राउ

 कात्तिक २, २०७५ शुक्रबार १०:३३:५४ | देव पचभैया
unn.prixa.net

पाल्पा - युवती बलात्कारको आरोपमा पाल्पामा एक युवक पक्राउ परेका छन् ।

तिनाउँ गाउँपालिका २ की १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय  २० वर्षीय किरण गाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे ।  

बिहीबार दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा गएको बेला गाहाले किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाइ पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा परेकी किशोरी चिच्याएर गुहार मागेपछि स्थानीयको सहयोगमा प्रहरीले गाहालाई पक्राउ गरेको प्रहरी चौकी दोभानका प्रमुख, प्रहरी नायब निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिनुभयो । 

 
 

अन्तिम अपडेट: चैत २९, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया