कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं - निधारभरी रातो अक्षताको टीका र शीरमा जमरा नलगाएसम्म दसैँ माने जस्तै लाग्दैन चितवनकी निशा पौडेललाई । नेपालीको ठूलो चाडको रुपमा दसैँलाई मान्ने गरिन्छ । ‛वर्ष दिनमा आउने दसैँमा टीका जमरा नलगाई कसरी बस्नु′ निशा भन्नुहुन्छ ।
निशा जस्तै धादिङका मनोज छतकुली पनि नयाँ कपडा लगाउने, मिठो खाने र टिका जमरा नलगाएसम्म दसैँ माने जस्तै नलाग्ने बताउनुहुन्छ ।
निशा र मनोज जस्तै देशका ८२ प्रतिशत हिन्दू धर्मावलम्बीहरुले दसैँमा अनिवार्य रुपमा चामलको अक्षताको टीका र जमरा लगाउने गर्छन् । कतिपय बौद्ध धर्म मान्नेहरुले समेत दसैँमा टीका लगाउने गर्छन ।
चामलमा दही र अबीर मिलाएर बनाइएको अक्षताको टीका निधारै छोपिने गरि लगाएको दसैँमा देख्न सकिन्छ ।
टीका लगाउनकै लागि हरेक परिवारले कम्तिमा पनि एकमानो चामल छुट्याउने गरेका हुन्छन् । जुन दसैँको विजयादशमीदेखि पूर्णिमासम्म प्रयोग गर्ने गरिन्छ । दसैँको शुरुको दिन घटस्थापनादेखि नै देवीको पूजामा पनि अक्षताले नै पजा गर्ने परम्परा छ । ९ दिन सम्म देवीको पूजाका लागि अबिरमा मुछेर चामलको अक्षता नै प्रयोग गरिन्छ ।
दसैँमा नवदुर्गाको पूजा आराधना गरिने र प्रसादको रुपमा मान्यजनको हातबाट आशीर्वाद सहित टीका थाप्ने संस्कृति रहेकाले अनिवार्य रुपमा अक्षताको टीका लगाउने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो ।
परापूर्वकालदेखि मनाइँदै आएको परम्पराअनुसार शक्तिस्वरुपा देवीको पूजा आराधनामा शुद्ध अनाजको रुपमा चामलको अक्षताको प्रयोग गरिएको उहाँले बताउनुभयो । अबिरमा मुछेर लगाइने रातो अक्षता शुभ प्रतीक रहेकाले हिन्दू धर्म सँस्कृतिमा यसको प्रयोग भएको गौतम बताउनुहुन्छ ।
एक जनाले दसैँमा लगाउने अक्षतामा कम्तिमा १० ग्राम मात्रै चामल प्रयोग गरे पनि जनसंख्याको अनुपातमा हिसाब निकाल्ने हो भने झण्डै २ लाख १५ हजार किलो चामल खर्च हुने देखिन्छ । बौद्ध धर्मवलाम्बीले समेत टिका लगाए यो परिणाम २ लाख ३८ हजार किलो पुग्ने छ ।
फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ।
Bhim shrestha
Oct. 19, 2018, 11:49 p.m.एक अर्थमा कुरो सहि भएपनी केही पाउन केही गुमाउनु पर्छ,चामल बिना कसरी अछेता बनाउनु ,मोहि माग्ने ढुंग्रो लुकाउने जस्तो कुरो भयोकी??