राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अामा मिथिला पाण्डेको हातबाट टीका ग्रहण

 कात्तिक २, २०७५ शुक्रबार १२:३१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट उहाँले टीका र जमरा ग्रहण गर्नुभएको हो । त्यसैगरी उहाँले काका जयन्त पाण्डेको हातबाट पनि टीका र जमरा ग्रहण गर्नुभयो ।

त्यसअघि राष्ट्रपतिले हनुमानढोकामा रहेकाे दशै घरका मूल पुजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गर्नुभएको थियो ।

राष्ट्रप्रमुखलाई दसैं घरका मूल पुजारीले दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाइदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो ।

आफूले टीका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाईंलाई टीका र जमरा लगाइदिनुभएको थियो । त्यसैगरी परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभयो ।

राष्ट्रपति भण्डारीले अपरान्ह १ बजे प्रधानमन्त्रीलाई र अपरान्ह ३ बजे पछि सर्वसाधारणका लागि टीका लगाइदिँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया