कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
महोत्तरी – देशमा ७ लाखको हराहारीमा लाईसेन्सधारी शिक्षकहरु बेरोजगार रहेकोले अब शिक्षा संकायको पढाई रोक्नु पर्नेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताउनुभयो ।
शनिबार महोेत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको उच्च शिक्षा विषयक अन्तर्क्रियात्मक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै मन्त्री पोखरेलले देशमा शिक्षक उत्पादन अधिकमात्रामा भएकोले अब प्राविधिक शिक्षातर्फ सामुदायिक विद्यालयको शिक्षा रुपान्तरित हुन जरुरी भएको बताउनुभएको छ ।
मन्त्री पोखरेलले शिक्षक उत्पादन गर्ने शिक्षा संकायको पाठ्यक्रम र पठन–पाठनमै कमजोरी रहेको बताउनुभयो ।
२ सय ५४ विद्यालयमा प्राविधिक शिक्षा सुरु भैसकेको बताउँदै मन्त्री पोखरेलले अब शिक्षालाई सिपसँग, श्रमलाई उ्रत्पादनसँग जोडेर शिक्षा नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पोखरेलले शिक्षाको यस परिवर्तनकारी अभियानलाई सफल बनाउन हरेक पक्षलाई सहयोग गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षाविद तथा बुद्धिजिवीहरुले शिक्षाको बेथितिको सम्बन्धमा चर्चा गरेका थिए