बालिकालाई बलात्कार गर्न खोज्ने युवक पक्राउ

 कात्तिक ३, २०७५ शनिबार १७:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – १४ वर्षीया एक बालिकालाई बलात्कार गर्न खोज्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने चौरजहारी नगरपालिका ५ लहरे सिमलका २० वर्षीय समिर केसी पक्राउ परेका हुन् । 

घटनामा संलग्न अर्का एक युवक भने फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, चौरजहारी ५ कै १९ वर्षीय तिलक केसी फरार रहेका छन् । 

उनीहरुले गएको असोज २९ गते गाउँमा नाच चलिरहेका बेला शौचालय गएको बेलामा एक बालिकालाई जबर्जस्ती हात पकडेर जंगलतिर लैजाने प्रयास गरेको प्रहरीले बताएको छ । बालिका चिच्याएपछि उनीहरु फरार भएका भएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया