फ्राइडे सिनेमा : बुद्धिको लडाईँ बुद्धिसँगै

 जेठ २५, २०७५ शुक्रबार ११:११:२७ | उज्यालो सहकर्मी

काठमाडाैं – यो शुक्रबार दुईवटा चलिचत्र एक साथ प्रदर्शनमा आएका छन् । किशोर भण्डारीको निर्देशन रहेको चलचित्र ‘चङगा’सँगै ‘मट्टिमाला’ प्रदर्शनमा आएको छ । चाखलाग्दो कुरा के छ भने प्रदर्शनमा आएका दुई वटै सिनेमामा अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

 

किशोर भण्डारी (डिट्ठा साब)को निर्देशन रहेको चलचित्र ‘चङ्गा’मा बुद्धिसँगै अंकित खड्का, लक्ष्मीवर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराइलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । टिपिकल गाउँले जीवनको कथा बोकेको यो चलचित्र कमेडी जनरामा निर्माण भएको छ । चलचित्रलाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।

टेक पौरखीले निर्देशन गरेको चलचित्र ‘मट्टीमाला’ यसमा समावेश गरिएको गीतका कारण चर्चामा छ । ‘बेचिदिन्थे यो जवानी’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ ।

 

यस चलचित्रमा बुद्धि तामाङसँगै रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वी राई, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय छ । सानो पर्दामा निकै रुचाइएको हैट र मंगलीको जोडीलाई ठूलो पर्दामा पनि दर्शकको साथ मिल्नेमा निर्माण पक्ष आशावादी देखिएको छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया