प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

 कात्तिक ३, २०७५ शनिबार १८:२८:३४ | रासस
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैंको टीका लगाइदिनुभएको छ ।

विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिनुभएको हो ।

बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

5 Comments

  • Ran Chand

    Oct. 21, 2018, 6:55 a.m.

    यो गर्नु भनेको धेरै राम्रो हो

  •  0 Reply
  • Motilal rai

    Oct. 21, 2018, 6:27 a.m.

    पीडित लाइ हौसला शिक्षा दिनु राम्रो कुरा हो।

  •  0 Reply
  • Motilal rai

    Oct. 21, 2018, 6:26 a.m.

    पीडित लाइ हौसला शिक्षा दिनु राम्रो कुरा हो।

  •  0 Reply
  •  0 Reply
  • Kamal bista

    Oct. 20, 2018, 11:17 p.m.

    प्रधानमंत्री के पी ओलीजीलाई मेरो तर्फवाट धन्यवाद भन्न चाहन्छु/

  •  0 Reply

तपाईको प्रतिक्रिया