चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए, अंक बाँडियो

 कात्तिक ३, २०७५ शनिबार १९:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए ।

चेल्सीका लागि रुडिगेरले २१ औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । म्यान यू का मार्सियलले ५५ औ मिनेटमा बराबरी गोल फर्काए । मार्सियलकै गोलमा ७३ औ मिनेटमा म्यान यू ले अग्रता लिए पनि खेलको अन्तिम समयमा चेल्सीका बार्क लीले गोल गर्दैै १ अंक खोसेका हुन् ।

यो नतिजा सँगै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ भने म्यान यू आठौं स्थानमा छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया