रामेछाप जीप दुर्घटना अपडेट : तीनजनाको मृत्यु

 कात्तिक ४, २०७५ आइतबार ७:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । 

मन्थली नगरपालिका– ४ सालुको कुकुरकाटे भन्ज्याङ्गवाट रामेछापको गोठगाउँका लागि छुटेको ना १ ज ४८१२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा घाइते भएका चालक सन्तोष खत्रीको ज्यान गएको हो । उनकाे उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा घाइते भएका ८ जनाको काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनामा रामेछाप नगरपालिका १ की ६० वर्षकी ललीमाया कार्की र उहाँका छोरा ४० वर्षका दुर्गाबहादुर कार्कीको घटनास्थलमै ज्यान गएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया