खशोग्गीको मृत्युबारे विस्तृत विवरण सार्वजनिक गर्ने टर्कीको प्रतिबद्धता

 कात्तिक ४, २०७५ आइतबार ७:३८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

टर्कीले आफ्नो देशमा मारिएका साउदी अरेबियाका पत्रकार जमाल खशोग्गीको मृत्युबारेका सबै विवरण खुलासा गर्ने प्रतिबद्धता जनाएको छ ।

साउदी अरेबियाले टर्कीको इस्तानवुलमा रहेको आफ्नो वाणिज्य दूतावासभित्र पत्रकार खशोग्गी मारिएको स्वीकार गरेपछि टर्कीले यसबारेका सबै विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको हो । टर्कीको सत्तारूढ दलका प्रवक्ताले टर्कीले घटनाको ढाकछोप गर्ने कुनै पनि काम मान्य नहुने बताएको बीबीसीले जनाएको छ । 

साउदी अरेबियाको सरकारका कतिपय नीतिका कट्टर आलोचक रहेका खशोग्गी दुतावासभित्र भएको झडपमा मारिएको साउदीले शनिबार स्वीकार गरेको थियो । तर खशोग्गी सम्पर्कविहीन भएलगत्तै टर्कीले उनको हत्या भएको दावी गर्दै आएको थियो । 

खशोग्गीलाई साउदी अरेयिबाकै सरकारको संलग्नतामा क्रुरतापुर्वक हत्या गरिएको टर्कीको दाबी छ । व्यक्तिगत कागजात बनाउने क्रममा उनी स्तानवुलमा रहेको साउदीको बाणिज्य दुतावासभित्र गएदेखि सम्पर्कविहीन भएका थिए । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया