युरोपको शीर्ष ५ लिग फुटबलमा ४ सय गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

 कात्तिक ४, २०७५ आइतबार ९:२६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिष्टियानो रोनाल्डो युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा ४ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । 

इटालियन सिरीए अन्तर्गत शनिबार रातिको खेलमा युभेन्टसका लागि गोल गर्दै रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् । रियल मड्रिडबाट यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले १० खेलमा पाँचौ गोल गरेका हुन् । 

रोनाल्डोले युभेन्टसबाट सिरी ए मा ५, म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा ८४ तथा रियल मड्रिडबाट ला लिगामा ३११ गरी लिग खेलमा ४०० गोल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया