दिपायल द्रुतमार्ग यसै वर्ष सञ्चालनमा आउँछ : मुख्यमन्त्री भट्ट

 कात्तिक ४, २०७५ आइतबार १०:४७:१० | विमल बिष्ट
unn.prixa.net

डोटी – कैलालीको धनगढी हुँदै दिपायल जोड्ने द्रुतमार्ग (फाष्ट ट्रयाक) यही वर्षदेखि सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ ।

राष्ट्रिय महत्वको धनगढी–दिपायल द्रुतमार्ग निरीक्षणका क्रममा मुख्य मन्त्री भट्टले जसरी भए पनि यही वर्षदेखि यो मार्गको सञ्चालन गरिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘दुर्तमार्ग यसै वर्ष सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ, जस्तोसुकै परिस्थितीमा पनि अब काम रोकिने छैन ।’ 

यो द्रुतमार्गमा २०६४ देखि ट्रयाक खोल्ने काम सुरु गरिएको थियो । मुख्यमन्त्री भट्टले आउँदो जेठभित्रै ट्रयाक खोल्ने काम सम्पन्न गरेर धनगढीदेखि दिपायलसम्म गाडी चल्ने बाटो बनाउन निर्माण कम्पनीलाई निर्देशनसमेत दिनु भएको उहाँका निजी सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

धनगढीदेखि स्याउले, तथा डोटीको विपीनगर, गड्सेरा हुँदै दिपायल पुग्ने मार्गको लम्बाई ८२ किलोमिटर छ । निर्माण कम्पनी अनेष्ट कन्ट्रक्सनका टेकेन्द्र शाहीले कैलालीमा ७ र डोटीमा ८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको बताउनुभयो । कैलालीमा १८ किलोमिटर ट्रयाक खुलिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो ‘केही महिनामै ट्रयाक खोलिसकेर गाडी हिँड्न सक्ने कच्ची सडक तयार हुने छ ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया