अाज राति उल्का वर्षाकाे रमाइलाे दृश्य देख्न सकिने

 कात्तिक ४, २०७५ आइतबार ११:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – अाइतबार राति उल्का वर्षा हुने भएको छ । हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्का वर्षा अाइतबार राति पौने ११ बजेदेखि साेमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकले बताएका छन् ।

उल्कावर्षा हेर्न साेमबार बिहान पौने ४ बजे पछिको समय उत्तम हुनेछ । नेपाल एस्ट्रोनोमिलकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान गरिएको छ । 

उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने भट्टराईले जानकारी दिनुभयो । 

के हो उल्का वर्षा ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।

जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया