भारत : तीन दिदीबहिनीसहित भाइले एकैसाथ गरे आत्महत्या

 कात्तिक ४, २०७५ आइतबार १२:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको हरियाणामा पर्ने फरिदाबादमा एकै परिवारका तीन दिदीबहिनीसहित भाइले एकैसाथ आत्महत्या गरेका छन् । फरिदाबादको दयाल बाग कोलोनीमा छिमेकीको सूचनाका आधारमा पुलिसले जाँच गर्दा चारजनाको शव फेला परेको हो । इन्डियन एक्सप्रेसमा प्रकाशित खबरका अनुसार उनीहरु सबै ३७ देखि ४२ वर्ष उमेरका रहेका छन् । 

उनीहरुले केही दिन अघि नै आत्महत्या गरेको पुष्टि भएको छ । उनीहरुको शव भेटिएको ठाउँमा सुसाइड नोट पनि भेटिएको छ । जहाँ कसैलाई पनि घटनाको जिम्मेवार बताइएको छैन । छिमेकीले दिएको सूचना अनुसार उनीहरुको बुबा आमाको पहिले नै मृत्यु भएको थियो । घरमा लामो समयदेखि कोही आवतजावत नभएको र घरबाट गन्ध आउन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । 

हरियाणा पुलिस र फोरेन्सिक विशेषज्ञ टोलीले यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । उनीहरुको शवसँगै भेटिएको सुसाइड नोटमा आमाको मृत्यु भएको र आमाबिना बाँच्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया