नेकपाको सचिवालय बैठक आज बस्दै

 कात्तिक ४, २०७५ आइतबार १२:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आइतबार बस्दैछ । यसअघि २ पटक स्थगित भएको बैठक आइतबार २ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको पनि उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक असोज २७ गते शनिबारका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण आजलाई सारिएको थियो । 

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको नेकपाले जनाएको छ । आइतबारको बैठकमा सरकारको कार्यसम्पादन तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयमा दर्ता गराएका विषयहरुमा पनि छलफल हुने नेताहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Krishna

    Oct. 21, 2018, 1:13 p.m.

    Aihle को अर्थमन्त्री हटन जरुरी छ? मेरो बिचार् मा वो पूजिबाद को सोच को मान्छे हो जुन किसिम ले उसले टैक्स लगाउने काम गरेको छ नेपालमा गरि खाय को युवा lai पनि नेपाल bat भागउने plan जस्तो लाग्छ जसरी pm र अर्थमन्त्री ले योजना bhanayka छन् नेता संपन्न साली hunchn जनता लाई दुई time खान पनि सोचन पर्ने अवस्था aaun सकचा

  •  0 Reply

तपाईको प्रतिक्रिया