तनहुँमा बस दुर्घटना, ३२ जना घाइते

 कात्तिक ४, २०७५ आइतबार १६:४०:५१ | समुद्र पौडेल
unn.prixa.net

दुर्घटनाग्रस्त बस - तस्बिर : उपेन्द्रराज पाण्डेय

तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा ना ४ ख ७८४१ नम्बरको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । 

अाइतबार अपराह्न दुर्घटनामा परेकाे बस लमजुङको बेसीशहरबाट मुग्लिनतर्फ जाँदै गरेको अवस‍्थामा अनियन्त्रित भएर आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

दुर्घटनाग्रस्त बस - तस्बिर : उपेन्द्रराज पाण्डेय

अन्तिम अपडेट: चैत ७, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया