मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
आर्इपीएलको आउँदाे सिजनको अक्सन सुरु हुनुअघि नै रोयल च्यालेञ्जर्स बेंग्लोरले आफ्ना खेलाडी विकेटकीपर ब्याट्सम्यान क्विण्टन डी ककलाई मुम्बई इण्डियन्सलाई बेचेको छ ।
डी ककलाइ बेंग्लोरले गएको वर्षको अक्सनमा ४ लाख ३७ हजार डलरमा किनेको थियो । मुम्बइ इण्डियन्सले त्यति नै रकम तिरेर बेंग्लोरसँग डी ककलाई किनेको हो । यसका लागि यसले क्लबमा अनुबन्धित बंगलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमान र श्रीलंकाका अफ स्पिनर अकिला धनञ्जयलाई उन्मुक्ति दिने तयारी गरिरहेको बताइएको छ ।
मुम्बइले गएको वर्ष मुस्तफिजुर रहमानलाई ३ लाख ४३ हजार तथा अकिला धनञ्जयलाइ ७८ हजार डलरमा किनेको थियो ।
डी ककले गएको सिजनको आइपीएलमा जम्मा ८ खेल खेल्दै १२४.०७ को रनरेटमा २०१ रन बनाएका थिए ।
मुम्बइले आफ्नो टिममा पहिले नै भारतका इशान किसन र आदित्य तारे दुइजना विकेटकिपर ब्याट्सम्यान हुँदाहुँदै अर्का विकेटकीपर ब्याट्सम्यान डी ककलाई राम्रो रकममा अनुबन्ध गर्नुको पछाडि टप अर्डर ब्याटिङका लागि हुनसक्ने प्रवल सम्भावना रहेको अड्कल गरिएको छ ।