दसैंमा ससुराली अाएका युवककाे पोखरीमा डुबेर मृत्यु

 कात्तिक ४, २०७५ आइतबार १८:१३:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा घर भइ हाल घोराही उप-महानगरपालिका वडा नम्बर-१६, बाहुनडाँडा ससुरालीमा आएका २५ वर्षीय लाल बहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । 

डाँगीको शव पोखरीबाट निकालेर घोराही उपक्षेत्रीय अस्पतालमा ल्याइंदै गरेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ।

अन्तिम अपडेट: चैत २३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया