पहिलो एक दिवसीय: वेष्ट इण्डिजले दियाे भारतलार्इ ३२३ रनको लक्ष्य

 कात्तिक ४, २०७५ आइतबार १८:३१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत र वेष्ट इण्डिजबीचको पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इण्डिजले ३२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

गुआहाटीको बर्सपारा रंगशालामा भएकाे खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो ।

निर्धारित ५० ओभरमा वेष्ट इण्डिजले ८ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो । यसका लागि शिम्रोन हेत्मेयरले सर्वाधिक १०६ रन बनाएका थिए भने कायरन पोवेलले ५१ रनको योगदान दिएका थिए ।

बलिङतर्फ युज्वेन्द्र चाहलले ३ र रविन्द्र जडेजा तथा मोहम्मद शामीले २–२ विकेट लिए ।

३२३ को ललक्ष्य पाएको भारतले जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।

यतिबेला भारत ७ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ४८ रन बनाएर खेलिरहेको छ । क्रिजमा राेहित शर्मा र विराट काेहली छन् ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया