एएफसी यू-१९ महिला च्याम्पियनसिप: छनोट प्रतियाेगिता खेल्ने नेपाली टाेलीलाइ एन्फाकाे बिदार्इ

 कात्तिक ४, २०७५ आइतबार २०:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - थाइल्याण्डमा आयोजना हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोट प्रतियाेगिता खेल्ने नेपाली टाेलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले अाइतबार बिदार्इ गरेकाे छ । टाेली साेमबार थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ । 

छनोट चरणमा नेपाल समूह बी मा रहेको छ । समूह बी मा नेपालसहित थाइल्याण्ड, भारत तथा पाकिस्तान रहेका छन् । नेपालले पहिलो खेल घरेलु टाेली थाइल्याण्डसँग खेल्नेछ ।

समूह विजेता टोलीले छनोटको दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै पहिलो चरणको छनोटको उत्कृष्ट दुई उपविजेताले पनि दोस्रो चरणमा स्थान बनाउनेछन् । 

दोस्रो चरण आउँदाे अप्रिल महिनामा हुनेछ र ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया छनोट भइसकेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया