भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु

 कात्तिक ४, २०७५ आइतबार २०:१९:५६ | जयराज अवस्थी
unn.prixa.net

बैतडीको – बैतडीका मेलौली नगरपालिका वडा न. ५ मा सिमा भन्ने भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मेलौली नगरपालिका–३, कुजागाडका २८ वर्षीय जय बहादुर चन्द रहेका हुनुहुन्छ । 

तितावैमा रहेको मामाघर जान शनिबार घरबाट हिँडेका उनको शव आइतबार दिउँसो घाँस काटिरहेका महिलालाहरुले देखेपछि स्थानीयलाई खबर गरेको स्थानीय हरिराम पार्कीले बताउनुभयो । 

अहिले मृतकको शब आफन्तले बुझिसकेका छन् । मृतक चन्दका श्रीमती र २ छोरा छन् । 

उनको मृत्युका विषयमा थप जानकारी आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १८, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया