सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
बैशाख ८, २०८१ शनिबार
काठमाडाैं – विजया दशमी अर्थात् टीका पछिको तेस्राे दिन सोमबार पनि प्रधानमन्त्री निवास वालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन् ।
सरकारले एकादशीसम्म मात्रै दशै विदाको समय दिएको भए पनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थीसम्म प्रधानमन्त्रीले टीका लगाइदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओली बिहानैदेखि बालुवाटार पुगेकाहरुलाई टीका र जमरा लगाउन व्यस्त रहनुभएको छ । आइतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउन मै व्यस्त हुनुभयो । यस अघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन् ।
यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशी सम्म सर्वसाधरणलाई टीका लगाउनुहुने भएको छ । सरकारी कार्यालयहरु आइतबारदेखि नै सञ्चालनमा आउनु र प्रधानमन्त्रीले टीका भने चतुर्दशीसम्म लगाइरहनुले सरकारका कामकारवाहीमा विरोधाभाष देखिएको छ ।