चालकको चलाखीले जोगियो यात्रुको ज्यान, सबै झरेपछि पल्टियो बस

 कात्तिक ५, २०७५ सोमबार १३:३८:२७ | उषा तामाङ

दोलखा – सवारी चालकको चलाखीका कारण दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ मा ठूलो दुर्घटना टरेको छ । 

सोमबार बिहान पौने ११ बजे वडा नम्बर ५ चिलंखास्थित सोरुङ खोला भन्दा माथिको घुम्तीमा बा २ ख ४९८३ नम्बरको यात्रुवाहक बस पल्टिए पनि चालकको सतर्कताका कारण मानवीय क्षति भने भएन । 

विगु गाउँपालिका वडा नम्बर ५ बाट काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको बसको अवस्था सुरुदेखि नै ठिक नरहेको र घुम्तीमा पुग्दा दुर्घटना हुने सम्भावना देखेपछि सवारी चालक आलम्पु निवासी ३७ वर्षीय विक्रम लामगादेले होसियारीपूर्वक सम्पूर्ण यात्रु ओराल्नुभएको थियो । 

यात्रुलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायव निरीक्षक बद्री नेपालीले भन्नुभयो, ‘यात्रुसहित बस दुर्घटनामा परेको भए ठूलो मानवीय क्षति हुने थियो ।’

घुम्तीमा बसलाई नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि चालक लामगादे यात्रुहरुलाई ओरालेर आफू पनि ओर्लिनुभएको थियो । सबै जना ओर्लिनेबित्तिकै खाली बस झण्डै ८० मिटर तल खसेको थियो । 

दुर्घटना हुँदा विगु गाउँपालिका वडा नम्बर ६ आलम्पु बस्ने २४ वर्षीया जमुना श्रेष्ठ सामान्य घाइते हुनुभएको छ । श्रेष्ठको दाहिने आँखाको माथिपट्टि र देब्रे गोडामा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायव निरीक्षक बद्री नेपालीले जानकारी दिनुभयो । घाइते श्रेष्ठलाई उपचारका लागि सिंगटी अस्पतालमा पठाइएको छ । बसमा सवार झण्डै ३७ जना यात्रु सकुशल रहेका छन् । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

6 Comments

  • लक्षमन बाग

    Oct. 24, 2018, 10:42 a.m.

    ल राम्रो खबर ।

  •  0 Reply
  • खेमरनज अर्याल

    Oct. 23, 2018, 9:28 a.m.

    चालकलाई धेरैधेरै धन्यवाद ।

  •  0 Reply
  • Kishor pariyar

    Oct. 22, 2018, 7:58 p.m.

    आयो राम्रो खबर , सलाम ड्राइभरजीलाई !

  •  0 Reply
  • Janga

    Oct. 22, 2018, 4:58 p.m.

    बस चालकलार्इ धेरै धेरै धन्यवाद किनकी यात्रुहरूकाे ज्यान जाेगाउनु भयाे।

  •  0 Reply
  • Tanka

    Oct. 22, 2018, 3:57 p.m.

    यात्री अाेराले पछि बस मात्र किन खस्याे त?

  •  0 Reply
  • Minraj dhamel

    Oct. 22, 2018, 3:57 p.m.

    एकदम राम्रो बहादुर काम गर्नुभयो, ड्राइभरको चलाखीले सबैको ज्यान बच्यो/ जिन्दगीमा अरु पुण्य कमाउन जरुरी छैन / भगवानले तपाईंको रक्षा गरोस् !!

  •  0 Reply

तपाईको प्रतिक्रिया