धनगढीको मुख्य बजारमा रहेकाे पसलमा आगलागी
 

 कात्तिक ५, २०७५ सोमबार १६:४२:४ | निर्मला खडायत
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको गणेशलक्ष्मी इन्टरप्राइजेज र सरस्वती इन्टरप्राइजेजमा आगलागी भएको छ । 

धनगढीको मुख्य बजारमा रहेको गणेश इन्टरप्राइजेजको माथिल्लो तलामा एक्कासि दिउँसो करिब पौने चार बजे  आगलागी भएको हो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, धनगढी उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी हुनुको कारण भने अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया