पोखरा प्रिमियर लिगको ‘टुर्नामेन्ट डाइरेक्टर’ मा उमेश पटवाल नियुक्त
 

 कात्तिक ५, २०७५ सोमबार १८:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो शुक्रबारदेखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल)का लागि उमेश पटवाल प्रतियोगिताको निर्देशक नियुक्त भएका छन् । 

भारतका पटवाललाई निर्देशक नियुक्त गरिएको पीपीएलको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो । पटवालले नेपाल डिभिजन टु मा बढुवा भइसकेपछि केही समय ब्याटिङ कन्सल्ट्यान्टको भूमिका निर्वाह गरेका थिए भने अफगानिस्तानको राष्ट्रिय टोलीको लागि पनि उनी कन्सल्ट्यान्ट नियुक्त भएका थिए । 

पटवाल मंगलबार पोखरा पुगिसक्ने प्रवन्ध निर्देशक लामाले जानकारी दिनुभयो । 

‘पीपीएललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि हामीले उहाँलाई भित्राएका हौँ, उहाँको आगमनले सबै ६ वटै टिमको ब्याटिङ स्टान्डर्ड सुध्रने अपेक्षा गरेका छौँ’, लामाले भन्नुभयो, ‘नेपालको घरेलु क्रिकेटमा यो निकै ठूलो फड्को पनि हो ।’

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया