कपिलवस्तुको कृष्णनगरमा फेरि अनिश्चितकालीन कर्फ्यु
 

 कात्तिक ५, २०७५ सोमबार १८:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगरमा अहिले फेरि कर्फ्यु लागेको छ ।

दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा झडप भएपछि कृष्णनगरमा आइतबार लागेको कर्फ्यु बिहान हटेको थियो । तर अहिले ५ बजेपछि अर्को आदेश नभएसम्मका लागि कृष्णनगर र आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । 

कृष्णनगरको अवस्था सामान्य बने पनि सतर्कताका लागि कर्फ्यु लगाउनु परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो । कृष्णनगरममा दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा गत शुक्रबारदेखि दुई पक्षबीच विवाद भएको थियो ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया