सवारीचालक अनुमति पत्र ‘स्मार्ट लाइसेन्स’ छाप्ने जिम्मा निजी कम्पनीलाई दिइने

 कात्तिक ६, २०७५ मंगलबार १०:०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – सवारीचालक अनुमति पत्र स्मार्ट लाइसेन्स अभावको समस्या अझै सुल्झिन सकेको छैन ।

दैनिक ४ हजार माग हुने गरे पनि यातायात व्यवस्था विभागले दैनिक २ हजारदेखि २५ सय प्रति मात्र छाप्ने गरेकाले स्मार्ट लाइसेन्स अभाव भइरहेको हो ।

यातायात व्यवस्था विभागसँग एक घण्टामा ६० वटा मात्रै छाप्न सक्ने मेसिन रहेकाले आवश्यकता अनुसार छपाइ गर्न नसकिएकोे विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताउनुभयो ।

विभागले अबको २ महिनामा एक घण्टामा साढे ४ सय स्मार्ट लाइसेन्स छाप्न सक्ने मेसिन ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । विभागले स्मार्ट लाइसेन्सको तत्कालको आवश्यकता पूरा गर्न निजी कम्पनी मालिका इन्कर्पोरेटेडलाई जिम्मा दिने तयारी गरेको छ । 

४५ दिनभित्र सक्ने गरी ५ लाख स्मार्ट लाइसेन्स छाप्ने काम निजी कम्पनीलाई दिन लागिएको हो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

1 Comments

  •  0 Reply

तपाईको प्रतिक्रिया