आन्दोलनरत ‘मिटर रिडरहरु’ आजदेखि काममा फर्के

 कात्तिक ६, २०७५ मंगलबार ११:१९:३७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रेका क्षेत्रीय विद्युत प्राधिकरण जनकपुर र विराटनगरका ‘मिटर रिडरहरु’ (विद्युतको मिटर चेक गर्ने कामदार) मंगलबारदेखि काममा फर्केका छन् ।

गएको असोज १६ गतेबाट आन्दोलनमा उत्रेका विद्युत प्राधिकरण अन्तर्गत काम गर्ने मिटर रिडरहरु तत्काल आन्दोलनलाई स्थगित गरी मंगलबारदेखि काममा फर्केका हुन् ।  

उर्जा मन्त्रालय, विद्युत प्राधिकरण र प्राधिकरणसँग सम्बन्धित संघ–संस्थाहरु आफूहरुको मागप्रति सकारात्मक रहेको अश्वासन दिएकाले र महान चाडतिहार–दीपावली र छठपर्व समेत बीचमा परेको कुरालाई मध्यनगर गर्दै तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थागित गरी काममा फर्किने निर्णय लिएको मिटर रिडर संघर्ष समितका सचिव उज्वल झाले जनकारी दिनुभयो ।    
 
ज्यालादारी सरह सेवा सुविधा पाउनुपर्ने लगायतको पाँच सुत्रीय माग राख्दै  विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुर मुजेलिया र विराटनगर अन्तर्गत काम गर्ने ३ सय ५० मिटर रिडर कामकाज ठप्प गरेर आन्दोलनमा उत्रेका थिए ।
 
पहाडी जिल्लाका मिटर रिडरहरुलाई ज्यालादारीमा राखे पनि महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङलगायत तराई जिल्लाका मिटर रिडर गोटा रिडिङमा काम गर्दै आएको उनीहरुको भनाई छ ।

मिटर रिडरहरुले पहाडी जिल्लाका मिटर रिडर सरह ज्यालादारी श्रेणीमा काम गर्न पाउनुपर्ने माग गर्दै क्षेत्रीय विद्युत प्राधिकरण जनकपुरमा धर्ना दिँदै आएका थिए । सरकारले आफूहरुको माग चाँडै पूरा नगरे तिहारपछि दोश्रो चरणको कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने मिटर रिडरहरुले चेतावनी समेत दिएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • binod pandey

    Oct. 23, 2018, 11:35 a.m.

    यि आन्दोलक कारीलाई पहाड र पहाडका लाई तराईमा सरुवा गर्दा थाहाँ पाउछन पहाडमा उकाली ओराली हिडदा

  •  0 Reply

तपाईको प्रतिक्रिया