स्पेनका प्रधानमन्त्री पत्नीविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रारम्भि...
बैशाख १३, २०८१ बिहिबार
बालिका करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ
पाँचथर – बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् ।
हिलिहाङ गाउँपालिका–७, का २८ वर्षीय रमेश तामाङलाई बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय १५ वर्षीय बालिकालाई आइतबार राति ललाई–फकाइ जङगलमा लगेर करणी गरेको पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
जोरपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।