कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो
 

 कात्तिक ६, २०७५ मंगलबार १२:३७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर र आसपासमा लगाइएको कर्फ्यु हटाइएको छ । 

अवस्था सामान्य भएकाले अब कर्फ्यु हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो । दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि लगाइएको कर्फ्यु मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि हटाइएकोमा अब पुरै हटाइएको उहाँले बताउनुभयो ।

कृष्णनगरमा दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा गएको शुक्रबार दुई पक्षबीच विवादपछि झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया