बिहीबारदेखि साफ यू-१५ च्याम्पियनसिप-२०१८ अायाेजना हुँदै

 कात्तिक ६, २०७५ मंगलबार १६:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - आउँदाे बिहीबारदेखि ललितपुरको सातदोबाटोमा  साफ यू-१५ च्याम्पियनसिप-२०१८ अायाेजना हुने भएको छ ।

नेपाल फुटबल संघ एन्फाले मंगलबार सातदोबाटोकाे आफ्नै कम्लेक्समा पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो । सातदोबाटोकाे एन्फाको फुटबल मैदानमा हुने खेलमा नेपालको १५ वर्ष मुनिको राष्ट्रिय युवा टिम लगायत बंगलादेश, भारत, भुटान र पाकिस्तानी टिमको सहभागिता रहनेछ ।

एन्फाले टिमहरुको प्रशिक्षणका लागि सशस्त्र प्रहरीको हलचोक मैदान र मध्यपुर युथ एसोसियसनको प्रशिक्षण केन्द्र, सानोठिमीको मैदान मिलाइएको जनाएको छ । याे च्याम्पियनसिपमा १ करोड ६५ लाख रुपैयाँ खर्च हुने अनुमान एन्फाले गरेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ, साफको कार्यक्रम अनुसार नै एन्फाको आयोजनामा साफ यू-१५ च्याम्पियनसिप-२०१८ अायाेजना हुन लागेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया