सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
नुहाउने क्रममा नारायणी नदीमा बेपत्ता
नवलपरासी - नारायणी नदीमा नुहाउने क्रममा मंगलबार बिहान एक जना बेपत्ता भएका छन् ।
नवलपरासी मध्यविन्दु नगरपालिका-३, बस्ने ८७ वर्षीय उमाकान्त पौडेल नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता हुनभएको प्रहरीले जनाएको छ ।
बिहान नुहाउन नदीमा गएका बेला डुबेर बेपत्ता भएका पौडेलको स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा खोजी कार्य जारी रहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।
नदीमा बेपत्ता पौडेलकाे अवस्था अझै अज्ञात छ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।