टि-२० श्रृङ्खलामा अफगानिस्तानकाे क्लिन स्वीप

 जेठ २५, २०७५ शुक्रबार १४:५४:४४ | उज्यालो सहकर्मी

बंगलादेशविरूद्धकाे टि-२० श्रृङ्खला अफगानिस्तानले क्लिन स्वीप गरेकाे छ ।

अन्तिम खेलमा १ रनकाे राेमाञ्चक जित हात पार्दै अफगानिस्तानले श्रृङ्खला ३-० ले कब्जा गरेकाे हाे । 

भारतको देहरादुनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १४५ रन बनाएका थियो । अफगानिस्तानका लागि समिउल्लाह सेनवारीले २८ बलमा अविजित ३३ रन, कप्तान अस्गर स्टानिक्जाईले१७ बलमा २७ रन, मोहम्मद शहजादले २२ बलमा २६ र उस्मान घानीले २६ बलमा १९ रन जाेडेका थिए । 

बलिङतर्फ नाज्मुल इस्लाम र अबु जायदले २-२ विकेट लिएका थिए ।

१४६ रनकाे लक्ष्य पछ्याएकाे बंगलादेश २० अाेभरमा ६ विकेट गुमाउँदै १४४ रनमा समेटियाे । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि ९ रन आवश्यक थियो । तर राशिद खानले कसिलो बलिङ गर्दै दुई विकेट झारेर ७ रनमात्र दिए । बंगलादेशका मुस्फिकुर रहिमले ३७ बलमा ४६ रन बनाए भने महमुदुल्लाहले ३८ बलमा ४५ र सौम्य सरकारले १३ बलमा १५ रन बनाए ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया