२ वर्षकाे मनमुटावपछि करण जोहरको फिल्ममा अजय देवगण

 जेठ २५, २०७५ शुक्रबार १५:१५:२३ | उज्यालो सहकर्मी

बलिउड फिल्म निर्देशक रोहित शेट्टी र करण जोहर यतिबेला एकसाथ सिम्बा’ नामको फिल्म निर्माणमा लागेका छन् । 

यसमा अभिनेता रणवीर सिंह र सैफ अली खानकी छोरी सारा अली खान मुख्य भूमिकामा रहेका छन् । हालै भारतको हैदराबादबाट फिल्मको छायाँकंन सुरु गरिएको यो फिल्म एक्सन तथा दमदार सम्वादले भरपूर हुनेछ । फिल्म मार्फत रणवीर सिंह दबंगमा सलमानले झैं दर्शकहरुलाई मनोरञ्जन गराउने आशा गरिएको छ ।  

फिल्ममा अभिनेता रणवीर सिंह एक प्रहरी अधिकारीको भूमिकामा देखा पर्दैछन् । सारा अली खान भने रणवीर सिंहकाे जोडीको रुपमा रहनेछिन् ।

रोहित शेट्टी यस फिल्मको क्लाइमेक्समा अभिनेता अजय देवगण र रणवीर सिंहलाई एक साथ पर्दामा ल्याउन चाहन्थे । तर फिल्म रोहितमात्रै नभइ करण जोहरले पनि निर्माण गरिरहेका कारण उनको यो इच्छा पूरा हुन त्यति सजिलो भने थिएन ।

रोहितसँग राम्रो सम्बन्ध भए पनि अजय र करणबीचको सम्बन्ध केही समय अघिदेखि बिग्रिएको थियो । 

तर अहिले फिल्म ‘सिम्बा’ मा विशेष केमीयोका लागि अजयलाइ रोहितले मनाइसकेको खबर आएको  छ । राेहितका साथमा अजयले धेरै फिल्महरुमा काम गरिसकेकाले पनि अजयले यस अनुरोधलाई नकार्न सकेनन् ।  

के थियोे मनमुटावको कारण ?

करण जोहर र अजय देवगणबीच सन् २०१६ मा फिल्म ‘शिवाय’ र ‘ए दिल हे मुश्कील’ को प्रदर्शन मिति जुधेकाले दुश्मनी भएको थियो । त्यसबेला करण र अजयबीच विवाद निक्कै भएको चुलिएको थियो । 

यसका कारण करणकी अत्यन्तै मिल्ने साथी तथा अजयकी श्रीमती अभिनेत्री काजोल र करणबीच पनि बोलचाल बन्द भएको थियो । करणले उनको आत्मकथामा काजोलसँगको मित्रता अब बाँकी नरहेको कुरा समेत लेखेका थिए ।

यदी फिल्म ‘सिम्बा’ मा रोहित शेट्टी संलग्न नभएको भए सायद अजयले करण जोहरको फिल्ममा काम गर्ने थिएनन् । तर रोहितका साथ फिल्म ‘सिंघम’, ‘गोलमाल’ का थुप्रै श्रृंखला र ‘बोलबच्चन’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका अजयले रोहितकै अनुरोधमा करण जोहरसँगको दुश्मनी बिर्सिएर ‘सिम्बा’ मा काम गर्न लागेका हुन् । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया