ट्याक्टर दुर्घटना एक जनाको ज्यान गयाे, ३७ घाइते

 कात्तिक ७, २०७५ बुधबार १७:२३:११ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाममा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको ज्यान गएकाे छ ।

लु १ त ५१०१ नम्बरको ट्याक्टर बुधबार दिउँसो मङ्गलसेन नगरपालिका-४ मा रहेकाे डाँडाघर भन्ने ठाउँमा दुर्घटना हुँदा मङ्गलसेन-४ की अन्दाजी ३५ वर्षीया मैना धामीको घटनास्थलमै  मृत्यु भएको हो ।

त्यसै दुर्घटनामा परि ३७ जना घाइते भएकाे अछाम प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम र सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनक बहादुर शाहीले बताउनुभयो ।

अवस्था गम्भीर भएका २ जनाबाहेक अरु घाइते २४ घण्टाभित्र घर फर्किन सक्ने अवस्थामा रहेको उहाँको भनाई छ । घाइतेको बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछाममा  उपचार भइरहेको छ ।

बान्निगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनमा लाग्ने दसैं मेला हेर्न जान लागेका स्थानीय त्यस ट्याक्टरको ट्रलीभरि चढेका थिए ।

सबै मानिसलाई ट्रलीबाट एक्कासि सडक नालीमा खसालेजस्तो भएको भएको प्रत्यक्षदर्शीले बताएका छन् । घट्नाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रमुख प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया