प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडाैं - फिफा वरीयता क्रममा नेपाल एक स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झर्दै १६१औं स्थानमा ओर्लिएको हो ।
वरीयता क्रममा बेल्जियम शीर्ष स्थानमा छ । अघिल्लो महिनाको वरीयतामा पनि बेल्जियम शीर्ष स्थानमा थियो । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इंग्ल्याण्ड पाँचौं स्थानमा छ ।
इंग्ल्याण्ड अघिल्लो महिनाको वरियताभन्दा एक स्थान माथि उक्लिएको हो ।
एसियाली वरीयता क्रममा इरान शीर्ष स्थानमा छ । विश्व वरीयताको तीसौं स्थानमा रहेको इरान एसियाको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, जापान तेस्रो र दक्षिण कोरिया चौथो स्थानमा छ ।
दक्षिण एसियामा भारत ९७औं स्थानमा छ । १५१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियाको दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ ।