बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
साउदी अरबको जेलमा परेर रिहा भएका गोरखाका कुमार रानामगर नेपाल फर्किनुभएको छ। उहाँ बिहीबार राती काठमाडौं आइपुग्नुभएको हो ।
क्षतिपूर्ति रकम तिरेपछि उहाँ १५ दिनअघि नै रिहा हुनुभएको थियो । तर आवश्यक प्रक्रिया पूरा गर्दा नेपाल फर्किन ढिलो भएको हो ।
साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट एकजना घाइते भएपछि उहाँ पक्राउ पर्नुभएको थियो । घाइते भएका साउदी नागरिकले मागेको क्षतिपूर्ति रकम तिर्न नसक्दा कुमार एक वर्षअघि जेल पर्नुभएको थियो।
उहाँलाई रिहा गर्न नेपाल र विदेशमा रकम संकलन अभियान सञ्चालन गरिएको थियो । क्षतिपूर्ति रकम तिरेपछि कुमार रिहा हुनुभएको हो।