कोरिया आएपछि बुझेको कुरो

 कात्तिक ९, २०७५ शुक्रबार ११:५८:४३ | मेरो कथा मेरो भोगाई

सुरज राई, धनकुटा/हाल दक्षिण कोरिया, छेजुदो टापु 

काठमाडौं, धेरैका लागि सपनाको सहर हो । मेरा लागि पनि यस्तै सपनाको सहर थियो २०७० सालको चुनावपछि कामको खोजीमा काठमाडौं छिर्दा । 

स्नातक तहको पहिलो वर्ष धनकुटामै सकेर दोस्रो वर्षको पढाइका लागि ताहाचल क्याम्पसमा भर्ना भएपछि केही समय घरबाट ल्याएको पैसाले धान्यो तर त्यो पैसा सक्किएपछि गाह्रो हुन थाल्यो । मसँगै भाइ पनि काठमाडौं आएको थियो । 

काम छोडेपछि मैले साथी र आफन्तसँग पैसा सापट लिएर कोरियन भाषा पढें । पहिलो पटक पास हुन सकिन । अर्को पटक पढेर पास गर्ने आँट त बटुलें तर त्यतिञ्जेल कसरी टिक्ने भन्ने चुनौती थियो । त्यतिबेला एक जना आफन्तले काम दिनुभयो । 

तलब काठमाडौंमा खान बस्न पुग्ने मात्रै थियो । काम गर्दै पढेर दोस्रो र तेस्रो पटक पनि परीक्षा दिएँ तर एक नम्बर नपुग्दा कोरिया आउन पाइन । तर चौथो पटक २०७४ सालमा दिएको परीक्षामा म पास भएँ । 

अहिले म कोरियामा छु । भाइ बीएससी सकेर काठमाडौंमा लोकसेवाको तयारी गर्दैछ । हुन त कोरियाको काम थ्री डी अथवा डिफिकल्ट, डेन्जर र डर्टी हुन्छ भनेको सुन्छु तर मलाई चाहिँ नेपालीहरुलाई यसरी काम गर्ने बानी नभएकाले गाह्रो भएको हो जस्तो लाग्छ ।

कोरियनहरुले पनि त यही काम गरिरहेका छन् । यसरी नै मेहेनत नगरेसम्म देश बन्ने रहेनछ भन्ने लागेको छ । हाम्रो सरकारले अहिले देशमा सम्बृद्धिको लक्ष्य लिएको छ । यो लक्ष्य नारा लगाउँदैमा पुरा हुँदैन ।

त्यसका लागि सबै नागरिक एक हुनु जरुरी छ । रोजगारी खोज्दै विदेशिने युवाको सङ्ख्या घटाएर देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्छ । अनि युवाले पनि कामलाई सानो ठूलो भन्नु भन्दा पनि मेहनत गरेर गर्न सके देश सम्बृद्ध हुने रहेछ । 

अन्तिम अपडेट: कात्तिक २६, २०७५

तपाईको प्रतिक्रिया