घाँटीमा बेलौती अड्किएर ५ वर्षीय बालकको ज्यान गयो

 कात्तिक ९, २०७५ शुक्रबार १९:४४:३९ | राधाकृष्ण डुम्रे

स्याङ्जा – घाँटीमा बेलौती(अम्बा) अड्किँदा स्याङ्जाको वालिङमा ५ वर्षीय बालकको ज्यान गएको छ ।

वालिङ नगरपालिका–१३, का प्रकाश नेपालीका ५  वर्षीय छोरा प्रिन्स नेपालीको घाँटीमा बेलौती अड्किएर ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख शंकर आचार्यले जानकारी दिनुभयो ।

आफ्नो घरमा फलेको बेलौती खाँदा घाँटीमा अड्किएपछि  उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बालकको ज्यान गएको हो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया