बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा शंकास्पद रोगबाट दुई दिनमा थप दुई जनाको ज्यान गएको छ ।
अघिल्लो महिनासम्म भाइरल ज्वरोका कारण नगरभित्रका नागरिक त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण दुईृ जना बालकको ज्यान गएको थियो । कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का ६ वर्षका कृषजंग कटुवालको र वडा नम्बर ५ का १३ वर्षका कृष्ण सदाकोे ज्यान गएको थियो ।
मृतक दुवै जना बालकहरुलाई ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने गरेको थियो ।