कालो बजारी गर्ने दुई महिला व्यवसायी कारबाहीमा

 जेठ २५, २०७५ शुक्रबार १८:२१:४८ | सन्तोष थापा

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्त अनुगमन टोलीले उपभोग्य सामग्रीमा कालो बजारी गरेको आरोपमा पर्वत सदरमुकाम कुश्मा बजारबाट दुई महिला व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

बिहीबार दिउँसो ४ बजेको समयमा अनुगमनमा गएको टोलीले पर्वत कुश्मा नगरपालिका –५, मा रहेको कल्पना स्टोर्स दैनिक खाद्यन्न बस्तु बिक्रि पसलकी सञ्चालक कल्पना क्षेत्रीलाई अवैध रुपमा पेट्रोलियम पदार्थ लुकाई छिपाई बिक्रि वितरण गरेको अवस्थामा ६१ लिटर पेट्रोलसहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै कुश्मा नगरपालिका ४ मा रहेको बिष्णु कुमारी उपाध्यायको कस्मेटिक पसलमा समेत ३९ लिटर पेट्रोलियम पदार्थसहित ४० वर्षीय विष्णुकुमारी उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही चलाएकोे छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया