भन्सार छलेर नेपाल भित्र्याइएको कंक्रिट मेशिन नियन्त्रणमा

 कात्तिक ११, २०७५ आइतबार २१:२३:१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएको कंक्रिट मिक्सर मेशिन सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको छ । 

सीमा क्षेत्रको यशोधरा गाउँपालिका वडा नं.–६, पुर्निहवामा नम्बर नभएको ट्रयाक्टरले ३ लाख रुपैया पर्ने कंक्रिट मिक्सर मेशिन जडान गरी सीमा क्षेत्र पार गर्दै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अवैध ढंगबाट सीमा नाका पार गर्दै गर्दा पक्राउ परेको ट्रयाक्टरमा नम्बर नभएको र चेसिस नं. डीएफ १४४८०११६ तथा इन्जिन नं.०२०२९२०५/१० रहेको छ ।

ट्रयाक्टर चालक मायादेवी गाउँपालिका वडा नं.–४ का २३ वर्षीय कृष्ण यादवलाई समेत पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया